विराटनगर । मोरङको सुन्दरहरैँचा¬–६ का अग्रज श्रेष्ठले ‘मिस्टर नेपाल २०२४’ को फाइनलमा स्थान बनाएका छन् । युवा सौन्दर्यको क्षेत्रमा क्रियाशील प्रतिभाशाली युवाहरूको प्रतियोगिता ‘मिस्टर नेपाल’ को उपाधिका लागि अब उनलाई भोटको आवश्यकता पर्दछ । ३८ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी जित्न उनलाई सबैभन्दा बढी भोट चाहिन्छ । प्रतियोगिताको ग्रान्ड फिनाले यही भदौ ८ गते काठमाडौँको सोल्टी होटेलमा आयोजना हुँदैछ । हाल इटहरी बस्दै आएका श्रेष्ठलाई विजेता बनाउन उनका बुबा गिताप्रसाद श्रेष्ठले अभियान चलाएका छन् । उनले छोरालाई भोट गर्न आह्वान समेत गरेका छन् ।

५ फिट १० इन्च उचाई रहेका श्रेष्ठको शरीर निक्कै सुन्दर र आर्कषक छ । श्रेष्ठले यो प्रतियोगिता आफूले जित्नेमा ढुक्क रहेको बताए । प्रतियोगितामा विजेता बनेमा उनले देशभरका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सहजीकरण गर्ने बताए । उनले इटहरीमा १८ बर्षकै उमेरमा ३ वटा कम्पनि हाँकिरहेका छन् । प्रतियोगि श्रेष्ठले रियल स्टेट, विज्ञापन उत्पादन र इटहरी इन्जिनियरिङ्ग होम सर्भिस कम्पनि संचालन गरिरहेका छन् । यी कम्पनिमा उनले १६ जना युवा–युवतीहरुलाई रोजगारी समेत दिएका छन् । उनी इटहरी इन्टरनेशनल कलेज दुलारीमा ब्याचलर अध्ययनरत छन् । श्रेष्ठ २०२३ मा ड्रिम मोडलिङ्ग ऐजेन्सीले आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रतियोगिताको विजेता समेत हुन् । उनलाई विजेता बनाउन साथीभाइ पनि सक्रिय भएर लागेका छन् ।

तपाईको प्रतिक्रिया