
आँचल अब भने वास्तविक जीवनमा पनि जोडी बाँध्ने योजना बनाइरहेकी छिन् । उनी यसै वर्ष बिहे गर्ने तयारीमा रहेको संकेत गरेकी छिन् ।

पेशाले डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचल शुरुमा यो सम्बन्धलाई नस्वीकारे पनि आजभोलि भने खुलेर प्रेमका बारेमा बोल्न थालेकी छिन् । उदिपसँग प्रेममा परेको खुलाएपछि आँचल र पल शाहको नाम जोडिन छोडेको छ ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।
हेरौँ आँचलका केही क्युट तस्वीर:



























