कृष्ण धारावासीको उपन्यास ‘झोला’मा आधारित रहेर निर्माण गरिएको चलचित्रमा अभिनय गरेर एकाएक चर्चामा आएकी अभिनेत्री हुन्– गरिमा पन्त । उनी हाल बेल्जियममा छिन् । कुनै समय सोझी नायिकाको छवी बनाएकी गरिमा अाजकल निकै खुल्न थालेकी छन् ।

विवाहपश्चात उनीमा यो परिवर्तन देखा परेको हो । उनी विवाहपछि निकै बोल्ड हुँदै गएकी छिन् । छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् । बेल्जियममा रहेका नेपाली व्यवसायी हरि थपलियासँग विवाह गरेपश्चात उनी बेल्जियम मै व्यस्त छिन् । उनी नेपाली चलचित्रमा समेत देखा परेकी छैनन् चलचित्रमा देखा नपरे पनि सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केही तस्वीर