‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । सिनेमाको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीत बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा डेब्यू अभिनेता अंकित शर्मासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले रोमान्स गरेकी छन्। अंकित अभिनेता, निर्माता तथा निर्देशक अशोक शर्माका छोरा हुन्। सिनेमाको निर्देशक पनि शर्मा नै हुन्।

तपाईको प्रतिक्रिया