नायिका प्रियंका कार्कीले धुमधामसँग नायक आयूष्मान देशराज जोशीसँग उनले शुक्रबार बुढानिलकण्ठस्थित पार्क भिलेज रेस्टुरेन्टमा दोस्रो विवाह गरिन् । २७ वषिर्य आयूष्मानको चाहिँ यो पहिलो विवाह हो ।

प्रियंका र आयूष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयूष्मान प्रियंकाभन्दा ६ भन्दा कान्छा हुन् ।

त्यसयता पनि उनीहरुले आफ्नो प्रेमलाई विभिन्न ढंगमा सार्वजनिक प्रदर्शन गरेर मिडियालाई गसिपको टपिक दिइरहे । प्रियंकालाई एकपटक उनको जन्मदिनमा आयूष्मानले टाँगामा राखेर शहर परिक्रमा गराएर पनि देखाए । सामाजिक सञ्जालमा उनीहरुका अन्तरंग तस्वीरहरु लगातार आइरहे ।

यो सम्वन्धबाट आयूष्मानलाई पनि फाइदै भयो । उनको फिल्म करिअर वामे सर्ने अवस्थामै थियो । तीन-चारवटा फिल्ममा अभिनय गरे पनि कुनै चर्चा कमाउन सकेका थिएनन् । प्रियंकासँग नाम जोडिएपछि उनले पनि मिडियामा स्थान पाउन थाले । प्रियंकाको सिफारिसमा केही म्युजिक भिडियोहरुमा खेल्ने पनि अवसर पाए । तथापि उनको फिल्म करिअरले भने कुनै गति लिएको छैन र लिने संकेत पनि छैन ।

सामाजिक सञ्जालमा चाहिँ यो जोडीलाई लिएर अनेक ट्रोल बन्दै आएका छन् । आयूष्मानलाई ‘चुसेको आप’को संज्ञा दिनेदेखि प्रियंकाको अघिल्लो श्रीमानसँगको तस्वीर र अन्तरवार्ताहरु सेयर गरेर फ्यानहरुले उनीहरुलाई जिस्क्या’इरहे । तर, जति जि’स्क्याए पनि प्रियंका-आयूष्मानको शैली फेरिएन ।

बिहेको केही दिन अगाडि प्रियंका आफ्ना ५-६ जना साथीहरुलाई लिएर ‘ब्याचलर पार्टी’ गर्न थाइल्यान्ड पुगिन् । उनको यो ब्याचलर पार्टीलाई प्रायोजन गरेको थियो र’क्सी कम्पनीले । यता, डिभो’र्सी महिलाले उ’छृङ्खल तरिकाले ‘ब्याचलर’ पार्टी मनाएको भन्दै उनको थप ट्रोल भयो ।

आयूष्मान पनि के कम ? उनले प्रियंकाका केटी साथीहरुकै पोज र ड्रेसअपमा आफ्ना केटा साथीहरुसित फोटोसेसन गरेर आफैंलाई हाँसोको पात्र बनाए । विवाहको अघिल्लो दिन कोर्ट म्यारिज गर्नु पनि यो जोडीको ‘एटेन्सन सिकिङ’ कै प्रतिबिम्ब थियो ।

जे होस, यी सबै सिलसिलाहरुको पटाक्षेप गर्दै प्रियंका र आयूष्मान श्रीमान-श्रीमती बनिसकेका छन् । पहिलो वैवाहिक सम्वन्ध दुई वर्षको अल्पा’यूमै टु’क्रिए पनि प्रियंकाको दोस्रो दाम्पत्य जीवन लामो समय टिकोस भनेर धेरैले शुभकामना दिइरहेका छन् । तर, यति भन्दै गर्दा, प्रियंका-आयूष्मान जुन शैली र संस्कारमा विवाह गरे, त्यसमा प्रश्न उठाउनैपर्ने भएको छ ।

भारतीय संस्कारको मोह

प्रियंकाको विवाहमा भारतीय पहिरन र संस्कार हावी हुनुले चाहिँ धेरैलाई आश्चर्यमा पारेको छ । विहेमा प्रियंका र आयूष्मान दुवै भारतीय पहिरन र श्रृंगारमा देखिएका थिए । प्रियंकाले विहेमा लहेंगा लगाएकी थिइन् । सेरवानी लगाएका आयूष्मानले टाउकोमा पगडीसमेत भिरेका थिए । आयूष्मानका भाइ आशिरमान देशराजले समेत भारतीय पहिरन लगाएका थिए ।

उनीहरुको वैवाहिक संस्कार चाहिँ खिचडी थियो । विवाहको दुई दिन अगाडि ‘मेहेन्दी समारोह’ प्रियंकाले भारतीय शैलीमा गरिन् । विहेअघि मेहेन्दी लगाउने प्रचलन नै भारतीय हो, जुन पछिल्लो समयमा नेपालीहरुले शहरदेखि गाउँसम्म पछ्याइरहेका छन् । तर, मेहेन्दी लगाउने कार्यक्रममा दुलाहा पनि उपस्थित हुने प्रचलनचाहिँ नेपालमा भित्रिन भ्याएको थिएन । प्रियंकाले भित्र्याइन् । प्रियंकाको मेहन्दी समारोहमा आयूष्मान पनि उपस्थित भए ।

त्यसैगरी, प्रियंकाले अर्को भारतीय संस्कार नक्कल गरिन्- म्युजिक सेरिमोनी । विहेको केही दिन अगाडि संगीत समारोहका नाममा केटीको घरमा नाचगान गर्ने चलन भारतीय समाजमा छ, नेपालमा छैन ।

विवाहको संस्कारको कुरा गर्दा भारत र नेपालमा धेरै समानता पनि छन् । प्रियंकाको विहेमा उपस्थित भएकी नायिका ऋचा शर्माले भारतीयसँगै नेपाली र नेवारी मिश्रति संस्कारमा विहे भएको बताइन् ।

‘भारतीय पहिरनको विषयमा उहाँहरुलाई नै सोध्दा राम्रो हुन्छ, विहेमा चाहिँ सबै कल्चर मिक्स्ड गरिएको थियो,’ उनले भनिन् ।
भारतीय संस्कृतिप्रति यो जोडीको मोहको कारण के हो त ?

प्रिय‌ंका दुई आमा छन् । उनीहरु दुवैको माइती भारतको पञ्जाबमा पर्छ । रमाइलो के भने प्रियंकाकी आफ्नी आमा र सौ’तेनी आमा नातामा दिदीबहिनी पनि हुन् । प्रियंकाले भारतीय संस्कार रोज्नुमा मावली परिवारको प्रभाव हुन सक्छ । यता, आयूष्मानकी आमा रवीनाले लामो समय भारतमा बसेर पढेकी हुन् ।

बाबु भने दुवैका नेपाली नै हुन् । प्रियंका र आयुष्मानको विवाहमा आमाहरु हावी भएको हुनाले भारतीय संस्कार नक्कल गरिएको हुन सक्छ ।

यो विषयलाई व्यक्तिगत रुचि र चाहनाको कुरा ठानेर नजरअन्दाज गर्न पनि सकिन्थ्यो, यदि प्रियंका-आयूष्मान पब्लिक फिगर नभएका भए । उनीहरु त धेरैले चिनेका सेलिब्रिटी हुन् । सेलिब्रिटीले जे गर्छन्, त्यसलाई पछ्याउने धेरै हुन्छन् ।

तपाईको प्रतिक्रिया