नायिका दुलालले सिसा, धुन, युज टु, नाई मलाई थाहा छैन, आदिम मानव, शरदका पातहरूलगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन्

मोडलिङ तथा कलाकारितामा संघर्षरत रहेर भविष्य उज्ज्वल बनाउन लागि परिरहेकी नायिका हुन्, श्रेया दुलाल। युवा पुस्ताको आकर्षणमा रहेको रंगीन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने सायद कमै मात्र होलान्।

त्यस्तै चाहना बोकेर मोडलिङको क्षेत्रमा आफूलाई स्थापित गराउन सिने जगत्मा सक्रिय श्रेया यो क्षेत्रमा लागेको एक दशक भयो। उनले चार दर्जनभन्दा बढी म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा काम गरिसकेकी छन्।

आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी नायिका दुलालले सिसा, धुन, युज टु, नाई मलाई थाहा छैन, आदिम मानव, शरदका पातहरूलगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन्। आँखमे चोली ‘भोजपुरी’ र मधुमाला ‘बंगाली’ फिल्ममा पनि उनले अभिनय गरेकी छन्।

अभिनयमा र नृत्यमा पोख्त दुलाल परिवारसहित ललितपुर गोटीखेलमा बसोबास गर्दै आएकी छन्। शरदका पातहरू प्रदर्शनको पर्खाइमा रहेको र निर्माणाधीन केही चलचित्रमा काम गर्ने तयारीमा रहेको उनले बताइन्।

सानै उमेरदेखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने उनी अभिनयमा अब्बल बन्ने दौडमा छिन। दुलाल नर्थपोल एकेडेमी स्कुलमा एक दशकदेखि अभिनय र नृत्य प्रशिक्षकको रूपमा कार्यरत छिन्।

तपाईको प्रतिक्रिया