सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बन्दै गएको नमुना वाल्किङ स्ट्रीट अलपत्र बन्दै गएको छ । करिब १ वर्ष अगाडि देखि निर्माण कार्य सहित अघि बढेको उक्त वालिङ स्ट्रीटको काम लामो समय सम्म पनि निर्माण भई नसक्दा अलपत्र बनेको हो ।

अलपत्र बने सगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त क्षेत्रमा सञ्चालनमा आएका व्यापार व्यवसायमा असर पर्दै गएको व्यापारीहरुले बताउन थालेका छन । नाम नबताउने शर्तमा एक व्यापारीले भने लामो दिर्घकालिन सोचका साथ अघि बढेको वाल्किङ स्ट्रीट को निर्माण कार्य सम्पन्न हुन नसक्दा व्यापारमा असर पुगेको बताएका छन । उनले उक्त वाल्किङ स्ट्रीट निर्माण छिटो सम्पन्न गर्न समेत आग्रह गरेका छन ।

उक्त निर्माणधिन वाल्किङ स्ट्रीटलाई सुन्दरहरैचा नगरपालिकाले गत वर्षको आ.व. को बजेट मार्फत रातो किताबमा समेत समावेश गरेको थियो । तर निर्माणधिन वाल्किङ स्ट्रीटका समितिले भने यति खेर खर्चको अभाव देखाई सम्पन्न हुन नसकेको बताउन थालेका छन । उनिहरुले नगरकै बहुचर्चित योजनालाई प्रदेश सरकारले सम्पन्न गर्न सहयोग गर्नुपर्ने बताएका छन । उक्त निर्माणधिन वाल्किङ स्ट्रीटलाई सम्पन्न गर्न उक्त क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले समेत आफुले सक्ने सहयोग गर्दै आएका छन तर राज्यको ध्यान वाल्किङ स्ट्रीट तर्फ नपर्दा यति खेर वाल्किङ स्ट्रीट अलपत्र बन्दै गएको छ ।

यदि वाल्किङ स्ट्रीट सम्पन्न भएमा यस क्षेत्रमा रात्रीकालिन बजार सञ्चालन गर्ने योजनामा छ कोशीहरैचा उधोग वाणिज्य संघ । तर यस नगरमा एउटै कार्यक्षेत्र बनाई दुई उधोग संघ स्थापना भए सगै यस क्षेत्रका व्यापारीहरु मारमा पर्दै आएका छन । उक्त क्षेत्रमा सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका हुदा दुई उधोग वाणिज्य संघ थियो तर दुई नगरपालिका एक भएको २ वर्ष बित्दा पनि राजनितिक कारण एक हुन सकेको छैन । अहिले व्यापारीहरु उधोग वाणिज्य संघ एक हुनुपर्ने भन्दै आवाज उठाउन थालेका छन । दुई उधोग वाणिज्य संघ हुदा समेत व्यापारीको क्षेत्रमा लगानी गर्न नगरपालिकालाई समस्या पर्दै आएको देख्न सकिन्छ ।

यस वाल्किङ स्ट्रीटका योजनाकार सुन्दरहरैचालाई नमुना नगरपालिका बनाउने एक योजनाकार उधोगी भोलेश्वर दुलाल हुन । उनले यस क्षेत्रमा दुर्गा देवी दुलाल स्पोर्ट ग्राम , नगरमै सात वटा नमुना अन्तरास्ट्रिय सार्वजनिक शौचालय जस्ता महत्वपुर्ण योजना ल्याएका छन । उनले ल्याएका योजना मध्ये दुर्गा देवी दुलाल स्पोर्ट ग्रामको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आईसकेको छ भने सार्वजनिक शौचालयको करिब ७०% निर्माण कार्य सम्पन्न भईसकेको छ भने हाल बन्दै गएको वाल्किङ स्ट्रीटको कार्य अलपत्र बन्दै गएको छ ।

हाल बन्दै गरेको वाल्किङ स्ट्रीटका अध्यक्ष ज्ञानु ढकाल हुन । उनले वाल्किङ स्ट्रीटको काम ८०% सम्पन्न भईसकेको बताएका छन । उनले निर्माण सम्पन्न हुनै लाग्द सामान सटेज र बजेट अभावका कारण निर्माण सम्पन्न हुन ढिलो भएको बताएका छन । उनले निर्माण गर्दै जादा वर्षा लागेको कारण समेत वाल्किङ स्ट्रीट निर्माणमा समस्या भएको बताए ।

सुन्दरहरैचा नगरपालिकामा बन्दै गएको उक्त बहु चर्चित योजनामा निजी क्षेत्रको समेत सहयोग रहेको छ भने नगरपालिकाले ५० लाख लगानी गरेको छ ।

तपाईको प्रतिक्रिया