काठमाडौं / नेपाली कला क्षेत्रमा कलाकारहरुको डिभोर्स हुनु कुनै नौलो कुरा भएन । पछिल्लो समय कलाकारहरुको डिभोर्स हुनु कलाकारिताको परम्परा जस्तै बनिसकेको छ । नेपाली फिल्ममा माया पिरतीको पाठ सिकाउने यस्ता धेरै नेपाली कलाकार छन् जसले बिबाह पछी डिभोर्स गरेका छन् । प्रेम सम्बन्ध र पारीवारीक सहमतिमा बिबाह गरेका कलाकारहरु केहि समय पछि छुट्ने गरेका छन् ।

अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको डिभोर्स काण्ड चर्चामा छ । त्यस्तै नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाको पनि निर्माता छविराज ओझासँग नै डिभोर्स भएको हाे ।

 

त्यस्तै नेपाली चलचित्रका अर्का नायक भुवन केसीको पनि सुस्मिता केसी सँग डिभोर्स भएको थियो । उनी अहिले नायिका जिया केशीसँग लिभिंग टुगेदरमा छन् । त्यस्तै चर्चित गायिका अन्जु पन्तको पनि गायक मनोजराज शिबाकोटीसँग डिभोर्स भएको थियो । पछिल्लो समय गायिका अन्जु पन्त आफ्नो गीत संगितमा नै ब्यस्त छिन् । त्यसैगरी चर्चित नायिका सन्चिता लुइँटेलको पनि राज शाहसँग डिभोर्स भएको थियो ।

त्यस्तै चर्चित मोडल रिमा विश्वकर्माको पनि रोबर्ट बि क सँग डिभोर्स भएको थियो । त्यस्तै नायिका प्रियंका कार्कीको पनि रोचक मैनालीसँग डिभोर्स भएको थियो ।पछिल्लो समय नायिका प्रियंका अभिनेता आयुष्मान जोसीसँग बिबाह गर्ने तयारीमा छिन् । यस्ता धेरै कलाकारहरु छ्न् जसले प्रेमसम्बन्ध र पारीवारीक सम्बन्ध पछी डिभोर्स गरेका छन् ।

तपाईको प्रतिक्रिया