काठमाडौं । संविधान सभाका पूर्वसदस्य किरणकुमार राईले विप्लव माओवादी त्यागेर नेकपा प्रवेश गरेका छन् ।

विप्लवका केन्द्रीय सदस्य तथा कोशी व्यूरो प्रमुख भएका बेलामा पटक पटक पक्राउ परेका राईले नेकपाका केन्द्रीय नेतासँगको सहमतीमा नेकपा प्रवेश गरेको बताएका छन् ।

राई जनयुद्धका बेला राई एकजना कुशल लडाकु कमाण्डरका रुपमा चिनिन्थे । जनयुद्धका समयमा तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत भएका राई धरानलाई आधार बनाएर राजनीति गर्न नेकपा प्रवेश गरेका हुन् ।

विप्लव छाडेर नेकपामा प्रवेश गर्ने क्रममा अध्यक्ष पुष्पकमल दाहाल र गृहमनत्री रामबहादुर थापासँग सहमति भएको उनले खुलासा गरेका छन् ।

उनी सुनसरी क्षेत्र नम्बर १ बाट २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । त्यो बेला उनले धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता मनोज मेन्याङ्वोलाई पराजित गरेका थिए ।

राईले आफू धरानको विकासमा क्रियाशील हुने बताए । राईलाई धरानमा हुन लागेको उपनिर्वाचनमा मेयरको एकजना उमेद्‍वारका रुपमा हेर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया