टिभी नायिका स्मृति खन्ना अहिले ग’र्भवती छिन् । उनको ९ महिनाको ग’र्भ पूरा भइसकेको छ र अब उनले कुनै पनि बेला बच्चा जन्माउन सक्छिन् । उनी संसारभरी फैलिएको कोरोनाको संक्र’मणका कारण आफ्नो बच्चाको लागि चिन्तित र भावुक छिन् ।

स्मृतिले सोसल मिडियामा लेखेकी छिन् ।
‘मेरी आशिकी तुमसे ही’ बाट चर्चित भएकी स्मृतिले आफ्नो जन्मिन लागेको बच्चाको लागि विशेष मेसेज पनि लेखेकी छिन् । साथै, एउटा निकै सुन्दर मिरर सेल्फी सेयर गरेकी छिन् ।

स्मृतिले लेखेकी छिन्, ‘डियर बेबी, अझै केही दिन भित्रै बस । अहिले संसारको स्थिती भ’यावह छ, मलाई थाहा छैन भविष्यमा के होला । तर मलाई थाहा छ कि तपाईं पहिलेदेखि नै बलियो बलियो भएर यो संसारमा आउनुहुनेछ । तपाईं यस्तो दुनियाँमा जन्म लिनुहुनेछ जहाँ तपाईंले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ र यो कुनै खराब कुरा होइन ।’

‘मलाई थाहा छ, तपाईंले आफ्नो हरेक दिन सेलिब्रेट गर्नुभयो । तपाईंको हरेक किक, चाल म चिन्दछु र त्यसलाई म असाध्यै माया गर्छु ।’

उनी थप्छिन्, ‘यो संसारको अन्य आमाबारे पनि सोच्छु जा यस्तो अवस्थामा ग’र्भवती छन् किनभने हामीलाई थाहा छ कि ग’र्भावस्था पूर्ण रुपमा एक अनिश्चितताले भरिएको समय हो । यसमा रिस पनि समावेश हुन्छ । तर याद राख्नुहोस्, हामी एक साथ छौं ।’

तपाईको प्रतिक्रिया