दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ।

गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे थियो।

बंगलाचुली गाउँपालिका-५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएकाे गाडीमा आगजनी भएकाे हाे।

तपाईको प्रतिक्रिया