लकडाउन अगाडि अस्पतालमा ड्युटी जानुपथ्र्यो । त्यसैले बिहान अलि चाडै उठ्थेँ । त्यतिबेला ६ बजेतिर नै उठ्थेँ । लकडाउनभन्दा २–३ दिन अगाडिदेखि अस्पतालमा मेरो ड्युटी छैन । त्यही भएर आजकल ८–९ बजे उठ्छु । बिहान ड्युटीमा जान नपर्ने भएकाले राती अबेर सुत्छु । आजभोलि सुत्दा रातको ११–१२ बजिसक्छ ।

हस्पिटलमा जान नपर्ने भएकाले पनि ढुक्क छु । हाम्रो अस्पतालमा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) पनि थिएन । २५ गते लकडाउन सकिन्छ । हस्पिटलमा पनि ड्युटी सुरु होला, त्यसपछि पुनः पहिलेकैजस्तो रुटिङमा काम गर्छु । अहिले लकडाउनको धेरैजसो समय गाना गाउनमै बित्छ । घर बस्दा खाने, बस्ने, रमाइलो गर्ने र पढ्ने गर्छु ।

तातो पानी भने दिनभरजसो पिइरहन्छु । फिटनेस चाहिँ गर्दिनँ, हल्का मेडिटेसन मात्र गर्छु ।

अझ धेरै समय त सामाजिक सन्जालमा साथीसँगको गफमै बित्छ । ह्वाटस्एप, भाइबर, इन्स्टा, फेसबुकमा बढीजसो साथीहरूसँग गसिप र कुराकानी चल्छ । सोसल मिडियाले पनि धेरै समय खाइरहेको छ । बुवा र दाजु दुवैजना विदेशमै हुनुभएकाले अहिले घरमा मामु र ममात्रै छु ।

म जहिले पनि बिहानै उठेर हट लेमन पिउँछु । त्यसपछि फलफूल लिन्छु । जसमा स्याउ, केरा, किबी, अनारलगायत हुन्छन् । अहिले त लकडाउनले अनारमात्रै बाँकी छ, अरू सबै फलफूल सकियो । खानामा हेरि–हेरि हुन्छ, कहिले दाल, भात र तरकारी खान्छु । कहिले सुख्खा रोटी, तरकारी । कहिलेकाही थुक्पा त कहिले पास्ता लिन्छु । तातो पानी भने दिनभरजसो पिइरहन्छु । फिटनेस चाहिँ गर्दिनँ, हल्का मेडिटेसन मात्र गर्छु ।

एमबिबिएसको परीक्षा आउनुपूर्व पनि यस्तै लामो बिदामा बसेर तयारी गरेकी थिएँ । फाइनल इअरको परीक्षाको बेला पनि मैले लामो समय घरमै बसेर तयारी गरेँ । त्यो धेरै समयअघिको कुरा पनि होइन । त्यसैले घरमै बस्ने त बानी नै परिसकेछ । अहिले त साँच्ची भन्दा मलाई यो लकडाउनजस्तो पनि अनुभूति भएको छैन । घरमा बस्ने त मेरो बानी नै बनिसकेको छ । अहिले पनि मलाई परीक्षाका लागि छुट्टी पाएजस्तो अनुभूति भैरहेको छ । एमबिबिएसको परीक्षाको तयारीका बेला पनि बिहान उठ्ने, पढ्ने, खाना खाने र पढ्ने रुटिङ हुन्थ्यो, अहिले पनि ठ्याक्कै त्यस्तै छ । त्यो बेला कोर्समा बढी ध्यान दिन्थेँ, अहिले गीतसंगीत र गसिपमा धेरै समय गैरहेको छ ।

अहिले त्यो भारी छैन । मन चंगा छ, गीतहरू कोर्न र गुन्गुनाउन रमाइलो लाग्छ । केही दिनअघि मैले आफैँले लेखेको अंग्रेजी गीत ‘बाइ माइ साइड’ पनि रिलिज गरेँ । अहिले केही ‘कभर सङ’ पनि गरिरहेकी छु ।

तपाईको प्रतिक्रिया