नरिबलको तेल :

गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।

आलुको बोक्रा :

आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ ।

घिउकुमारीको जेल :

घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।

काँक्रो र कागतिको रस :

काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।

बेसार र कागती :

दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।

मुसुरोको दाल र दही :

मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।

मुल्तानी माटो :

घामले डढेको छालाको उपचारका मुल्तानी माटो निकै लाभदायी हुन्छ । यसमा नरिवल पानी या चिनी राखेर पेस्ट बनाउने र डढेको ठाउँमा लगाई चिसो पानीले धुनाले फाइदा हुन्छ ।

र यो पनि पढ्नुहोस्

घामले डढेको छाला सुन्दर बनाउने ११ उपाय
गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।

– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस्।

– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।

– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ। घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।

– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस्। यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।

– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।

– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस्।

– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।

– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस्।

तपाईको प्रतिक्रिया