नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सम्भावना रहेको निकटका साथीहरू बताउछन ।यतिबेला कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् । कोही आफ्नो श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् भने कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ ।

नायिका श्रृष्टी श्रेष्ठले भने नायक सौगात मल्लसँगको एक तस्वीर शेयर गर्दै लक डाउनलाई ‘लभ लकडाउन’ भनेर उल्लेख गरेकी छिन् । सौगात र श्रृष्टी एकसाथ बसेपनि चलचित्रको कामका कारण धेरै समय बाहिर नै हुन्थे । तर, यसपटक भने उनीहरु एकसाथ समय बिताउन पाइरहेका छन् । यसैले, श्रृष्टीका लागि यो समय बिषेस ‘लभ लकडाउन’ हुने नै भयो ।

तपाईको प्रतिक्रिया