नायक पल शाहले लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरेपछि उनको सामाजिक सञ्जालमा निकै तारिफ भयो । उनले सहयोगको घोषणा गरेपछि अर्का कलाकार पुजा शर्माले पनि २ लाख रुपैया बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी थिइन् । उनले आजवाट सहयोग दिने काम सुरु गरेकी छन् ।

उनले २ लाख बराबरको सामान र खाद्यान्न किनेर थुपारेकी छन् । उनले चामल, दाल सावुन लगायतका दिनहुँ आवश्यक पर्ने सामान किनेर प्याकिगं गरिरहेकी छन् । उनले राहत दिने सामान प्याक गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

पल र पुजाले सुरुवाती प्रयासपछि अन्य चलचित्रकर्मीहरुले पनि सहयोगका हात बढाएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि दिनहुं काम गरेर खाने ज्याला मजदुरहरु वेखर्ची भएका छन् । त्यस्ता ब्यक्तिलाई सहयोग गर्न सरकारले आर्थिक सहयोग कोष पनि स्थापना गरेको छ । तर नायक शाहले त्यो सहयोग आफै दिने बताएका छन् । आफुले दिएको सहयोग रकम सम्बन्धीत प्राविधिक कर्मचारीकै हातमा पुगोस् भन्ने उनी चाहन्छन् ।

चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् । आफूले पनि अभावका दिनहरु भोगेर आएकाले उनीहरुको पनि दुख आफुले बुझेकाले सहयोग गर्ने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’

आफूसँग पैसा बढि भएर सहयोग गर्न नलागेको उनको भनाई छ । म दुख गरेर यो अवस्थासम्म आएको हुँ त्यसैले पैसाको महत्व थाहा छ । मेरो लागि १ हजारले पनि निकै महत्व राख्छ । त्यही पनि मेरो भन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । उनले भनेका छन् ।

प्रकाशित मिति : April 10, 2020

तपाईको प्रतिक्रिया