धरान / आज साउन महिनाका अन्तिम सोमबार । आजबाट बोलबम मेला सकिदैछ । बोलबमको अन्तिम सोमबार प्रदश नं. १ मा रहेका शिवालयहरुमा भक्तजनरुको अत्याधिक भीड भएको पाइएका छ । सुनसरीकाे धरान १४ मा रहेको पिण्डेश्वर मन्दिरमा समेत अन्तिम सोमबार भक्तजनहरुकाे अत्याधिक भीड रहेको छ ।

पिण्डेश्वर बाबा धाम समितिले साउन महिनाभित्र यस बर्ष ५ लाख भक्तजन आउने अपेक्षा गरे पनि ४ लाख भक्तजन मात्र आएको बताएको छ । यहाँ गत बर्ष ५ लाख भक्तजन आएका थिए । समितिका अध्यक्ष विकास वनेपालीले यस बर्ष लगातार भएको बषाले तराईमा डुबान र पहाडमा पहिरो खसेका कारण भक्तजन सहज रुपमा बोलबममा आउन नसक्दा संख्या घटेको बताउनुभयो ।

साउन महिनाको अन्तिम सोमबार पिण्डेश्वर मन्दिरमा चतराको सप्तकोशीबाट जल ल्याई १६ किमीको पैदल यात्रा हिडेर धरान १४ विजयपुरमा जल चढाउनेकाे भीड थियो । अा-अाफ्ना मनोकांक्षा पूरा हुने विश्वसका साथ युवा युवती तथा बृद्धबृद्धाहरूले समेत जल चढाएका छन् ।

पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष वनेपालीले भने पौराणिक कालमा पुराणमा उल्लेख गरिएको यो मन्दिरको प्रचारप्रसारमा कर्मी भएका कारण पनि यो बर्ष भक्तजनहरु कमी आएको हुन सक्ने बताउनुभयो । आगामी बर्ष प्रचारप्रसारलाई अझ तिब्रता दिने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया