मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका-२ लिच्चि डाडा स्थित होटलमा आगलागी हुदा ११ लाख बराबरको क्षती भएको छ । आज बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटि बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भई अचानक आगलागी हुदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिईएको थियो ।

तपाईको प्रतिक्रिया