अायत नाेशाद रशिद

१. मेरी छोरीको आगमनले मेरो जीवनमा, नयाँ बहार ल्यायो ! मेरो जस्तो सडक छापलाई उच्च गिरीमा ल्याइ पुर्यायो !! २. नफल्ने बृक्षलाई मिठो फल दिने बनायो ! मृत रहरहरूलाई ताजा साँस प्रदान गरेर, शक्तिशाली तुल्यायो !! ३. समय दिवस भएतापनि, जीवन अन्ध्यारो रात थियो ! छोरीको पाउ हल्केलामा पर्ने बित्तिकै घरको चारै दिशा जगमगाउन थाल्यो !! ४. मन र जीवनको फूलवारी मगमग बासनाले भरिन थाल्यो ! दुइ छाँक टार्न अप्ठेरोमा परेको पलले, आज हेर सुखको आकाश छोयो !! ———- ५. अझ शहर पस्दा खेरीको अतित सम्झिदा, ब्यक्त गर्न मन लाग्छ………! गोजी भरिरह्दा, साथी थिए हजारौ ! तर रित्तिदा, आत्मप्रिय सँगातीहरू मात्र हैन !! मेरा आफन्तहरू पनि भए टाढा टाढा !!! ६. आँतले अन्नको दर्शन गर्न सकेन ! दिनहरू रित्तै बितेर गए !! आकाशको छत मूनि, सडकको ओछ्यान माथि, र ढुंङाको शिरानीमा, त्यो रातको सिरेटोमा, केही दिन जीवन चलिरह्यो !!! ७. घाउ बेस्सरी चर्किदा पनि, न दुखे सरी, नाटक गर्नु पर्यो ! धेरै मनहरूको द्धार ढकढक्याएँ !! तर कसैको मुटु पग्लिएन, मेरो अवस्था माथि !!! ८. मैला लुगा, थोत्रा जुत्ता, अनि एक्लोपन, मेरो साँचो र नजिकको साथी बन्न पुग्यो ! जसले मेरो पिठ्यूमा, सन्तवनाका धापहरू सुस्तरी बर्षाउदै गर्दथ्यो !! ९. यसरी नै, मेरो बनाबट, जिउ डाल र स्वास्थ्य फरक हुन पुग्यो ! देखेका आँखाहरूमा, मेरो शारिरीक बनौट भिन्न हुन पुग्यो !! मलाई धेरैले चिन्न छाडे !!! १०. भनिन्छ, जसको कोही हुदैन, त्यसको ईश्वर अवश्य हुन्छ ! अचानक, एक दिन, ईश्वरको प्रेमिलो प्रेम, म माथि खनिन् पुग्यो !! बर्षौ खोलेको बैकको खातामा ३ हजार रूपियाँ, देखा पर्यो !!! ११. व्यापार शुरू गरे ! विश्वासको व्यापार, फस्टाउँदै गएँ म, र मेरो व्यापार खुड्किला चढ्दै गयो !! १२. एउटी परीले मेरो हाथ थामिन ! जीवन जिउँने सपनालाई जीवित बनाइन, म पग्ले !! अन्तर आत्मा देखि, धर्ती आमाको काँखमा खुशीका आँसुहरू भेट चढाएँ !!! जीवनमा पहिलो पटक, सुक सुक गरि रोएको थिएँ !!!! मुटु जोड जोडले घडकिन पुगेको थियो, म कहाँ हराएँ, पत्तै चलेन !!!!! १३. मेरो जीवनमा परिवर्तनका किरणहरू देखा परे ! दूइ आत्माहरूको मिलन भयो, पलहरू बदलिए !! हाम्रो प्रेमको प्रतिक, हाम्रो जीवनमा सूर्य झै उदायो !!! मेरी प्यारी छोरी मेरो प्रेम र जीवन अब, छोरीको उमेरसँग सँगै मेरो व्यापार पनि ठूलो हुदै गइरहेको छ, कोटियौ धन्यवाद, इश्वरलाई, र साथै, मेरो प्रेम र विश्वास मेरी छोरीलाई !!!!

तपाईको प्रतिक्रिया