काठमाडौं : गीतकार तारा अधिकारी देशभक्ति गीत ‘माटोको सिन्दूर’ लिएर आएकी छन्। भारतसँगको सीमा विवाद अनि राष्ट्रियताको बहस चलिरहेकै समयमा उनले राष्ट्रभावले भरिएको गीत लिएर आएकी हुन्।


प्रताप दास र अस्मिता अधिकारी सम्बन्ध कायम राख्न आफूले यो प्रयासको सुमधुर आवाज रहेको गीतमा सुवास भुसालको संगीत छ। आर बी स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन्। अशोक महर्जनले मिक्सिङ गरेको गीत सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

लकडाउनको समय सदुपयोग गर्दै दर्शक  श्रोतासँगको सम्बन्धलाई निरन्तरता दिन यो प्रयास गरेको गीतकार अधिकारीले बताइन्। ‘देशभक्ति गीतमार्फत पाठक श्रोतासँग जोडिन पाउँदा खुसी लागेको छ’, गीतकार अधिकारीले भनिन्।

नेपाल आइडलबाट चम्केका प्रताप र नेपाल आइडलमा उत्कृष्ट प्रस्तुति दिएर दर्शक श्रोताको मन जितेकी गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीत श्रोताले मन पराएको संगीतकार सुवासले बताए।

तपाईको प्रतिक्रिया