
दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा नेपाल अग्रवाल सभा इटहरीले रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि वितरण गर्न थालेको छ । मानव स्वास्थ्यलाई मध्यनजर गदै सभाले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुलाई कोरोना भाइरस संक्रमण भए जोखिम बढी हुने हुदाँ नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्यमा अग्रवाल सभा इटहरीले औषधि वितरण गरेको बताएको छ । नेपालमा दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा रोग प्रतिरोधक क्षमता बढाउने औषधि वितरण गर्न थालिएको नेपाल अग्रवाल सभा इटहरीका अध्यक्ष मुकेश अग्रवालले वताएका छन् । इटहरी क्षेत्रमा वसोवास गर्दै आएका ३ लाख मानिसहरुलाई औषधि वितरण गर्ने लक्ष्य अनुसार टोल विकास संस्थाहरुसंग समन्वय गरी औषधि वितरण गरिदै गरेको पनि उनले जानकारी दिए । नेपाल राष्ट्रिय माडवारी परिषद्ले कोरोना संक्रमण दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै मुलुकभर सबैलाई औषधि वितरण गर्ने लक्ष्य राखेर विभिन्न जिल्लामा वितरण गर्दै आइएको पनि जनाइएको छ ।


















