विराटनगर / मोरङको पुरानो सदरमुकाम रंगेलीमा सीसी क्यामेरा जडान गरिएको छ । सवारी दुर्घटना एवं अपराध नियन्त्रण गर्नका लागि रंगेली नगरपालिकाले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको हो ।

विराटनगर–रंगेली सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने ठाउँ र मुख्य बजार क्षेत्र गरेर ६ स्थानमा क्यामेरा जडान गरिएको छ । बसपार्क, छोटी भन्सार, भोटुवाबु चोक र नगरपालिका अगाडि क्यामेरा जोडिएको छ । नगर प्रमुख दिलिपकुमार बगडियाले रंगेली बजारलाई सुरक्षित र अपराधरहित बनाउनका लागि १७ लाख रुपैयाँ खर्च गरेर क्यामेरा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार मुख्य बजार क्षेत्रमा हुने अपराध एवं सडक दुर्घटना नियन्त्रण गर्न र प्रहरीलाई अनुसन्धानमा सजिलो बनाउन सीसी क्यामेरा जडान गरिएको हो ।

तपाईको प्रतिक्रिया