इटहरी उप महानगरपालिकाले १ अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । इटहरी उपमहानगरपालिकाको सातौ नगरसभामा बुधबार (आज) नगर उप प्रमुख लक्ष्मी गौतमले बजेट सार्वजनिक गरेकी हुन् ।
बजेट प्रस्तुत गदै गौतमले करिब २ अर्बको बजेट अनुमान गरे अनुरुप आगमी आर्थिक बजेट अपेक्षाकृत सानो भएको उल्लेख गरिन् ।
विनियोजित कूल बजेटमध्ये कार्यपालिकाको कार्यलय तथा वडा समितिको कार्यलयबाट सुविधाजनक ढंगले सेवा प्रवाहको लागि उपयुक्त भवन निर्माण गर्न र आवश्यक पर्ने जग्गा तथा भवन खरिदका लागी २ करोड ५० लाख, विपद समग्र व्यवस्थापनका लागी १ करोड, कृषि तथा पशु विकास कार्यक्रमको लागी ३ करोड ७५ लाख, शिक्षा क्षेत्रमा २ करोड, स्वास्थ्य क्षेत्रमा ३ करोड ५० लाख, विपन्न समुदाय बस्ती विकासको लागी ५० लाख, स्मार्ट पार्किङ योजना संचालनको लागी ५ करोड २५ लाख, सवारी पार्किङ क्षेत्र निर्माणको लागि ५० लाख नगर यातायात तथा सडक सुशासनको लागि ५० लाख, गुरु योजना निर्माणको लागि १ करोड, नदि नियन्त्रणमा १ करोड ५० लाख , प्रविधि सहितको छिटो छरितो सेवाको लागि १ करोड ५० लाख आमसंचार विकासमा २५ लाख , कानुन तथा न्यायको लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
त्यसै गरी सम्रग सहकारी अभियान, भाषा, कला साहित्य विकास सृजना, महिला शशक्तिकरण र समावेश तर्फ आवश्यक बजेट विनियोजन गरिएको बजेट सार्वजनिक भएको छ ।


इटहरी उपमहानगरपालिकाले गत चालु आर्थिक बर्षको बजेट भन्दा ७ करोड ५ लाख घटाएर आगामी बर्षको बजेट सार्वाजनिक गरेको हो । चालु आर्थिक बर्षमा १ खर्ब ८५ करोड ५ लाखको बजेट ल्याएको थियो ।

अनेकौ चुनौती व्यहोरेको इटहरीले निरन्तर कठिनाइको सामनाको बीचमा पनि आम इटहरी वासीको चाहाना अनुरुप सडक यातायातको विकास र बिस्तारले भने उल्लेखनीय फड्को मार्न सफल भएको उनले दावी गरिन् । साथै जनप्रतिनिधिको बैठक भत्ता बाट १५ प्रतिशत रकम कटौती गरी कोरोना भाइरस नियन्त्रण कोष तथा स्वास्थ्य कोष जम्मा गरिने निर्णय भएको समेत जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया