मुस्कान : पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो ।

त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा ।

धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला । तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।

कसरी कमाउन सकिन्छ पैसा ?

सेलिब्रेटी अर्थात चर्चित टिकटक प्रयोगकर्ताहरुले विभिन्न कम्पनिको बिज्ञापन गरेर प‌ैसा कमाइरहेका छन् भने, टिकटकमा अर्को फिचर पनि रहेको छ पैसा कमाउनको लागि । तपाईं सँग हजारभन्दा धेरै साथी जोडिनु भयो भने टिकटकमा लाइभ भन्ने फिचर देखिन्छ त्यसपछि तपाईंले फेसबुक , युट्युब, इन्स्टाग्राममा जस्तै भिडियो गर्न सक्नु हुनेछ ।

टिकटकमा लाइभ गर्दा हेर्ने दर्शकहरुले इमोजी उडाउने र गिफ्ट फठाउन मिल्ने छ । गिफ्ट पठाउनलाई क्वाइन किन्नु पर्ने हुन्छ त्यसपछि गिफ्ट किनेर पठाउन सकिनेछ र अरुले पठाएको गीफ्ट बापत लाइभ गर्ने ब्यक्तिको खातामा पैसा आइरहेको हुन्छ । तर गिफ्ट किनेर पठाउने सुविधा नेपालमा भने हालै उपलब्ध छैन अन्य देशहरुबाट पठाएको गिफ्ट बराबरको रकम भने प्राप्त गर्न सकिनेछ ।

गिफ्ट किन्नको लागि यसरी क्वाइन लिनु पर्नेछ ।

गिफ्टहरु

यसरी पैसा कमाउन नेपालमा धेरैले सुरु गरिसकेका छन् । केहिसमय अगाडि चर्चित टिकटक प्रयोगकर्ता सिर्जन कुमार भट्टराईले टिकटकबाट जम्मा भएको १ लाख ६० हजार र बुद्ध बालक समुहबाट ४० हजार थपेर धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका थिए ।

धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्दै सिर्जन भट्टराई ।

सिर्जन भट्टराई दैनिक बिहान दुई देखि ३ घन्टासम्म टिकटकमा लाइभमा बस्छन् । भट्टराई भन्छन् : “देशबाहिर रहेका टिकटक प्रयोगकर्ताहरुले माया गरेर पठाएको गिफ्ट बापत संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्नेछुँ ।”

तपाईको प्रतिक्रिया