सुनसरी / सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने बाट कारमा लुकाएर लैजादै गरेको लागुऔषध सहित २ पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले आईतबार राती १२ बजेको समयमा ईटहरी बाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा धरान-१५ बस्ने बर्ष ३९ को रुभिन श्रेष्ठ र उक्त कारमा सवार धरान-२ बस्ने बर्ष ५६ को बनबरीलाल शर्माले लुकाइ-छिपाई ल्याउदै गरेको अवैध लागुऔषध लाईलेक्स-२८ बोतल फेला पारेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया