हामिले घटनाहरु धेरै भारतमा भएकाे सुनेका छाैँ । त्यस्तै ३० वर्षकी एक महिला सामान्य जीवन बिताइरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष भइसकेको थियो । तर, एक दिन उनी च’कित परिन् जब उनलाई थाहा भयो, उनी महिला होइन पुरुष हुन् ।

यो जानकारी उनले त्यतिबेला पाइन् जब उनी पेट दुखेपछि उपचारको लागि अस्पताल गएकी थिइन् । डाक्टरले जाँचपछि उनलाई क्या’न्सर भएको बताए । यस्तो क्यान्सर थियो जुन पुरुषहरुलाई मात्र हुन्छ । सबैभन्दा आ’श्चर्यजनक कुरा त के भने यी महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष थिइन् र उनलाई पनि यसबारे कुनै जानकारी थिएन ।

हिन्दूस्तान टाइम्सका अनुसार यी दुवै दिदीबहिनीलाई ए’न्ड्रोजेन इ’न्सेन्सिटिभिटी सि’न्ड्रोम (ए’आइएस) नामको स’मस्या भएको डाक्टरले बताएका छन् । एआइएस एक विशेष र दु’र्लभ किसिमको स्वास्थ्य स’मस्या हो जसमा मानिस ज’न्मिँदा उसका जी’नहरु पुरुषका हुन्छन् तर शरीर महिलाको जस्तै गरी विकसित हुन्छ ।

पश्चिम बंगालको बी’रभूमकी यी महिला ९ वर्षदेखि विवाहित छिन् । पेट दुखेपछि उनी सुभाषचन्द्र बोस क्या’न्सर अस्पतालमा उपचारको लागि गएकी थिइन् । अस्पतालका डाक्टर अनुपम दत्ता र डा. सौमेन दासले जाँच गरेपछि थाहा पाए कि उनी वास्तवमा पुरुष थिइन् ।

डाक्टरका अनुसार बाहिरबाट हेर्दा उनी पूर्ण रुपमा महिला हुन् । उनको आवाज, शरीरको बनावट, बाहिरी अं’ग सबै महिलाकै छन् । तर, उनको शरीरभित्र यू’ट्रेस (पाठेघर) र ओभरिज (महिला अण्डकोष) छैन । यहाँसम्म कि उनको कहिल्यै पनि महिनावारी समेत भएको छैन । डाक्टरहरुका अनुसार उनलाई टे’स्टिक्युलर क्यान्सर भएको छ जो पुरुषहरुलाई मात्र हुन्छ ।

यी महिला जुन दु’र्लभ स्थितिमा छिन् त्यो समस्या २२ हजार जनामा एक जनालाई मात्र हुन्छ । यीमहिलामा पुरुष अ’ण्डकोष छन् जो उनको शरीरभित्र छन् । यही अ’ण्डकोषमा क्या’न्सर भएको छ । टे’स्टिक्युलर क्या’न्सरलाई से’मिनोमा पनि भनिन्छ ।

यी महिलामा आम महिलाको जस्तै सबै बाहिरी प्र’जनन अं’ग छन् तर उनी आमा बन्न सक्दिनन् ।डाक्टरहरुले उनी पुरुष भएको पुष्टि गर्नको लागि क्या’रियोटाइपिङ टे’स्ट गराएका थिए । यो परीक्षणमा व्यक्तिको क्रो’मोजोमको जाँच गरिन्छ । जाँचमा उनको क्रो’मोजोम ए’क्सवाइ भएको पाइयो ।

यो पुरुष क्रो’मोजोम हो । महिलामा ए’क्सएक्स क्रो’मोजोम हुन्छ । अहिले बि’रामीको कि’मोथेरापी भइरहेको छ । जाँचमा यी महिला, उनकी बहिनी र उनका दुई सा’नीमामा पनि यही समस्या रहेको पाइएको छ ।डाक्टरका अनुसार यो समस्या जीनमा नि’र्भर गर्ने भएकोले उनको परिवारमा वं’शाणुगत रुपमा यो स’मस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया