अभिनेता दीपकराज गिरीले अन्तरवार्तादेखि होसियार भन्दै लामो स्ट्याटस फेसबुकमा लेखेका छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युबका पत्रकारलाई अन्तर्वार्ता नदिने कारण खुलाउँदै एक भिडियो सार्वजनिक गरेपछि अन्तर्वार्तादेखि होशियार रहन आग्रह गर्दै स्ट्याटस लेखेका हुन् ।

केही दिनदेखि कलाकारहरूले दिएको अन्तरवार्तामा बोलेको कुरा एकपछि अर्को विवादमा आइरहेको छ ।

पूजा शर्माले केही समय अगाडि एउटा टेलिभिजनमा दिएको अन्तर्वार्ताले पछिल्लो समय माहोल तताएको छ ।

कोही राष्ट्रियताका, देशको जिल्ला , प्रदेशको बारेमा, सुपरस्टार को हो भन्ने बारेमा, कोही नेपोटिज्मका बारेमा, वा अन्य धेरै विषयमा चिप्लिनुको कारण विनातयारी दिएको अन्तर्वार्ता र नाइँ भन्न नसक्ने बानीले गर्दा भएको लेखेका छन् ।

भोलिपल्ट आएको अन्तर्वार्ता जतातै भाइरल हुनुका साथै विरोध र गालीको वर्षा पनि हुने उनको भनाई छ ।

यस्तो समाचारले कलाकारको निन्द्रा ३ दिनको लागि गायब हुने गरेको उल्लेख गरेका छन् ।

सबै कुरा सबैलाई थाहा नहुने बताएका दीपकले पत्रकार तथा कलाकार दुवैको दोष देखाएका छन् ।

त्यसैले अन्तर्वार्ताको लागि फोन आउदा खुशी नभएर होशियार हुने, सकेसम्म टार्ने, नसके पत्रकारसँग प्रशस्त छलफल गरेर आफू पूर्ण रूपमा तयार भएर मात्रै अन्तर्वार्ता दिने तथा आधा घन्टाको अन्तर्वार्ताबाट आफ्नो ब्यक्तित्व स्वाहा नपार्नसमेत उनले आफ्नो स्ट्याटसमार्फत सल्लाह दिएका छन् ।

तपाईको प्रतिक्रिया