बोल्न पाइयो भन्दैमा प्याच नबोल्नु, बस्न पाइयो भन्दैमा थ्याच्च नबस्नु भन्ने एउटा भनाई नै छ नि जुन हाम्रो जीवनमा परस्पर लागु हुने गर्दछ । किनकि हाम्रो जे कुरा पनि नसोची गर्ने बानी छ । जसले गर्दा हामि पछुताईरहनु परेको छ । कहिल्यै पनि अरुको अगाडी आफुलाई बुद्दिमान हु भन्ने नदेखाउनुहोस्, कहिल्यै पनि मा अरु भन्दा चलाख छु भनेर पनि देखाउन नखोज्नुहोस किनकि बुद्दिमान बन्नुहोस् अरुलाई देखाई राख्नु जरुरि छैन । आजकल राम्रो गर्नेको खुट्टा तान्नेहरुको यहाँ कमिनै छैन । जिन्दगीको हरेक कदममा सोचेर मात्र अघि बढ्नुहोस्, आफुले गरेको कामले भोलि के हुन्छ भनेर सोच्ने गर्नुहोस् ।

एक पटकको कुरा हो, एक स्याल अँध्यारोमा घुमिरहेको थियो । दुर्भाग्यवश ऊ एउटा इनारमा झर्यो । उसले बाहिर आउने निकै प्रयत्न गर्यो तर ऊ सफल हुन सकेन । रातभरी ऊ त्यहि इनारमा बस्न बाध्य भयो । अर्को दिन बिहान एउटा बाख्रा घुम्दै त्यहा आयो । उसले इनारमा नियालेर हेर्दा उसको दृष्टि स्यालमाथी पर्यो ।

“स्यालजी ! तपाई त्यहाँ इनारमा के गरिरहनुभएको छ ?”
“म यहाँ पानी पिउनको लागी आएको हुँ । वास्तवमा पानी निकै चिसो तथा स्वादिष्ट छ । आउनुहोस्, तपाइँ पनि पानी पिएर त हेर्नुहोस्,” स्यालले जवाफ दियो । केहि सोच-बिचार नगरिकन बाख्रो इनारमा हामफाल्यो । पानीको तिर्खा मेटाईसकेपछी ऊ इनारबाट बाहिर निस्किने बाटो खोज्न थाल्यो ।

स्यालले भन्यो, “मैले एउटा उपाय पत्ता लगाएको छु । तपाई पछाडिका खुट्टाहरुमा उभिनुहोस् । मा तपाईको माथी चढेर इनारबाट निस्किनेछु । त्यसपछी म तपाईलाई पनि बाहिर निकाल्नेछु ।” मुर्ख बाख्राले स्यालको कुरा मान्यो र स्याल इनारबाट बाहिर निस्कियो ।

त्यहाँबाट जाने समयमा स्यालले भन्यो, “यदि तपाई बुद्दिमान भएको भए इनारमा हामफाल्नु भन्दा पहिला यसबाट बाहिर कसरी निस्कीने भन्ने कुरा सोच्नुपर्थ्यो ।”

साथीहरु आजकल जो कोहीलाई सफल हुनु छ । यदि तपाई साच्चै सफल बन्न चाहनुहुन्छ भने अरुको हेरेर हैन, म कसरी चलिरहेको छु ? म कुनै पनि कुरालाई कसरी सामना गरिरहेको छु ? यस्ता कुराहरुलाई ध्यानमा राखेर एउटा सकारात्मक कदम चाल्नुहोस जहाँ तपाई कैयौ पटक सोचेर मात्र पाइला चाल्नुहुनेछ । यदि तपाई जुन कुरा गर्नुहुदैछ त्यसले तपाईलाई नोक्सान पुर्याउछ कि पुर्याउदैन ? त्यो कामले आफुलाइ के फाइदा हुन्छ भन्ने कुराहरु पनि सोच्नु पर्दछ ।

याद राख्नुहोस् एउटा अल्छे मानिसलाई काम नगर्नका लागी हजारौ बहाना चाहिन्छ तर एक बुद्दिमान मानिसलाई सफल हुनका लागि कुनै एक काम गर्नलाई हजारौ कारण हुन्छन ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला ।

तपाईको प्रतिक्रिया