कृषि पेशामा रमाएर मनग्य आम्दानी पनि गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण हुन् मनहरी लुइटेल ।
मोरगं बुढीगंगा गाउँपालिका ७ का किसान मनहरी लुइटेल उमेरले ७५ वर्ष पुरा गरेपनि कृषिमा नयाँ खोज र अनुसन्धान गरिरहेका छन ।

कृषि पेशामा वितृष्णा लागेर कयौँ युवाहरु स्वदेश छाडेर विदेशी रहेका छन् । पहाडि क्षेत्रमा मात्र उत्पादन हुने लप्सी तराईमा समेत फलाउन सफल लुइटे कृषि कर्ममा लाग्न युवाहरुलाई आग्रह गर्दछन ।


व्यवसायीक रुपमा कृषि पेशा गर्ने हो भने नेपाली युवाहरु रोजगारीका लागि विदेशी जान नपर्ने लुइटेलको तर्क छ ।
लुइटेलले पहाडी क्षेत्रमा फल्ने लब्सी फलाउन सफल भएको भएपनि आफुले अध्ययन गरेर नभई अनुभवका आधारमा विभिन्न ५० फलफुलका विरुवाहरु लगाएका छन् । किसानहरुलाई उत्साहित वनाउन स्थानीय ,प्रदेस तथा संघिय सरकारले सहयोग गर्ने हो भने रोजगारीकै लागि युवाहरु विदेशीनु नपर्ने उनी विश्वास गर्दछन ।

कोरोना भाइरस महामारीको समयमा धेरै युवाहरु स्वदेश फिर्ता भएका छन् । यसरी आएका युवाहरुलाई स्वदेशमै कृषि क्षेत्रको विकास र विस्तारका लागि सहयोग गरी परिचालन गर्न सकियो भने कृषि प्रधान देश सदैव कृषि प्रधान नै रहने छ भने वितृष्णा भई विदेशी भएका युवाहरुलाई पनि स्वदेशी मोहले तान्न सकिनेछ ।

तपाईको प्रतिक्रिया