बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८० रुपैयाँ पु¥याएसंगै गाउँपालिकामा चरम अनियमितता हुने गरेको खुलेको हो । तर, यस विषयमा आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले आफूलाई कति क्यालेन्डर छापिएको हो सो को समेत जानकारी नभएको बताएका छन् । उनले भने – गाउँपालिकाले क्यालेन्डर छाप्ने निर्णय गरेको हो तर कति छापियो त्यो मलाई थाहा भएन । क्यालेन्डर छाप्ने जिम्मा लेखा र स्टोरले लिएका थिए भुजेल भन्छन्– कति र कसरी छापिएको हो आफूलाई केही थाहा छैन ।

तपाईको प्रतिक्रिया