बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८० रुपैयाँ पु¥याएसंगै गाउँपालिकामा चरम अनियमितता हुने गरेको खुलेको हो । तर, यस विषयमा आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । उनले आफूलाई कति क्यालेन्डर छापिएको हो सो को समेत जानकारी नभएको बताएका छन् । उनले भने – गाउँपालिकाले क्यालेन्डर छाप्ने निर्णय गरेको हो तर कति छापियो त्यो मलाई थाहा भएन । क्यालेन्डर छाप्ने जिम्मा लेखा र स्टोरले लिएका थिए भुजेल भन्छन्– कति र कसरी छापिएको हो आफूलाई केही थाहा छैन ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
विज्ञान पढ्न शिक्षादीपमा विद्यार्थीको आकर्षण, ८ सय सिटका लागि तीन गुणा बढी प्रतिस्पर्धा
शिक्षादीप कलेज मा कक्षा ११ विज्ञान संकाय अध्ययन गर्न चाहने विद्यार्थीहरूको उल्लेखनीय भिड देखिएको छ । प्रदेशकै अग्रणी शैक...
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
















