lj/f6gu/,!$ ;fpg-/f;;_M lj/f6gu/ dxfgu/kflnsfsf k|d’v eLd k/fh’nLn] d+unjf/ lj/f6gu/–# lgjf;L !)! jlif{o gf/fo0fk|;fb /]UdLnfO{ kf]if0f eQfafkt ? !@ xhf/ k|bfgkl5 xif{ d’b|fdf . ;fydf j8fcWoIf lagf]b j:g]t . kf]if0f eQfsf] cleofg d+unaf/b]lv z’? ug'{eof] . t:jL/M dgf]h bfxfn

विराटनगर / विराटनगर महानगरपालिका वडा नं–३ निवासी १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई रु १२ हजार प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ । महानगरप्रमुख भीम पराजुली र वडाध्यक्ष विनोद बस्नेतले ज्येष्ठ नागरिक रेग्मीको घरमै गई उक्त रकम उपलब्ध गराउनाका साथै सँगै गएका चिकित्सकले उनको स्वास्थ्य परीक्षणसमेत गरेका थिए । यसैगरी वडा नं ३ निवासी ९३ वर्षीय कृष्णकुमार न्यौपानेको घरमै पुगेर रु १२ हजार भत्ता उपलब्ध गराइएको थियो ।

महानगरपालिकाले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई पोषण भत्ताबापत मासिक रु एक हजार उपलब्ध गराउने निर्णय अनुसार एकमुष्ट रु १२ हजार प्रदान गरेकोे हो । महानगरप्रमुख पराजुलीले ८४ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक देवतातुल्य भएकाले उहाँहरुको दर्शन र आशीर्वाद लिन घरदैलोमा पोषण भत्ता उपलब्ध गराउने अभियान शुरु गरिएको बताए ।

चाँडै नै निःशुल्क आँखा शिविर सञ्चालन गरी ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा उपलब्ध गराउनाका साथै एक चिकित्सकलाई घरदैलोमै पुर्याएर स्वास्थ्य जाँच गरिने जानकारी दिँदै उनले ज्येष्ठ नागरिकहरुलाई लट्ठी र टर्चलाइटसमेत वितरण गरिने बताए ।

विराटनगर महानगरपालिकाभित्र ८४ वर्ष उमेर नाघेका एक हजार २४६ ज्येष्ठ नागरिकहरुको बसोबास छ । आजै विराटनगर–३ स्थित आदर्श उपभोक्ता मञ्चको भवनमा ८४ वर्ष उमेर नाघेका तीन ज्येष्ठ नागरिकलाई पोषण भत्ता वितरण गरिएकोे थियो ।यस्तै वडा नं ३ का ७० ज्येष्ठ नागरिकलाई पनि आजै पोषण भत्ता वितरण गरिएको थियोे ।

तपाईको प्रतिक्रिया