काठमाडौं । महिला अधिकारका आवाजलाई चलचित्रमा उतार्न बढी रुची राख्ने अभिनेत्री तथा निर्मात्री रेखा थापा नयाँ चलचित्र निर्माणमा जुटेकी छन् ।

आफुलाई एक्सन लेडिज हिरोइन भन्न रुचाउने उनले लकडाउनको अवधिमा शरिर फिटनेश राख्न शारीरिक अभ्यास गरिरहेको तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

आगामी भदौबाट फ्लोरमा जाने भनिएको उनको नयाँ चलचित्रमा सौगात मल्ल नायकका रुपमा छनोट भइसकेका छन् ।

यस पटक उनको चलचित्रको कथाबस्तु अलिक फेरबदल हुने भएको छ । विदेशमा अलपत्र परेको युवा र समग्र बेरोजगार युवाको कथा चलचित्रमा समेटिनेछ ।

लकडाउनमा घरमै आराम गर्दा मोटाएको तौल घटाउन उनले घरमै एक्ससाइज मास्टर बोलाएर शरिरलाई व्यालेनसमा ल्याइरहेकी छन् ।

लकडाउनका कारण जिम जान नपाएकी रेखाले घरमा तौल घटाउने अभ्यास गरेको तस्वीरहरु पोष्ट गरेकी हुन ।

आफ्नो फेसबुक पेजमा उनले ‘शरीर नै मेरो घर हो, शरीरमा म बस्छु, म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहन्कार पनि ठीक ठाउमा बस्छ ।’ लेखेर सन्देश पनि दिन खोजेकी छन् ।

तपाईको प्रतिक्रिया