पत्रकार रबि लामिछानेको समर्थनमा पुगेर सेल्फी खिची बिबादमा आएकी एक महिला मिडियामा आएकी छिन।सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछि फोटोमा आएको छाडा शब्द सहितको गालि कमेन्टले मर्नुं न बाच्नु बनाएको भन्दै उनि मिडियामा आएकी हुन्।श्रीमानको समेत गालि खानु परेको भन्दै उनले आक्रोश पोखेकी छिन।एता जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।भिडियो हेर्नुहोस :

 

तपाईको प्रतिक्रिया