नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको जनाएको छ ।

नयाँ नोटमा चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसअघिको नोटमा एउटा मात्र हात्तीको तस्बिर थियो । हात्तीबाहेक नोटमा अरु केही पनि यथावत नै रहेको बैंकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया