काठमाडौं । विश्वभरि अहिले अवसाद र कडा मानसिक रोग लाग्नुमा प्रदूषित वायु जिम्मेवार रहेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयले गरेको अनुसन्धान तथा अमेरिका र डेनमार्कको विशाल जनसंख्या आँकडाको विश्लेषणबाट प्रदूषण र मानसिक रोगबीचको निकट सम्बन्ध पत्ता लागेको हो ।

अमेरिकी स्वास्थ्य बीमा डेटाबेसमा रहेका लगभग १५ करोड मानिसमाथि अध्ययन गरिएको थियो । विगत ११ वर्षमा उनीहरूको स्नायुमनोवैज्ञानिक रोगलाई हेरिएको थियो ।

प्लोस बायोलोजी जर्नलमा प्रकाशित अध्ययनले वायुको खराब स्तर भएका देशमा कडा मानसिक रोगमा २७ प्रतिशतले वृद्धि भएको र अवसादमा ६ प्रतिशतले वृद्धि भएको देखाएको छ । राम्रो वायु स्तर भएका मुलुकमा यी रोग कम मानिसमा लागेको पाइयो ।

अमेरिकाको टोलीले डेनमार्कको आरहस अनुसन्धान टोलीसँग मिलेर खराब वातावरणमा बस्ने डेनिशहरूमा लागेको स्नायुमनौवैज्ञानिक रोगको अध्ययन गरेको थियो ।

बाल्यकालमै प्रदूषित वातावरणमा बस्नुपरेका मानिसलाई अवसाद, सिजोफ्रेनिया र अन्य मानसिक रोग लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया