
शुनसरीको इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजनद्धारा आयोजित P.L.0 Miss college national को दोश्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि हुन चाहने युवतीहरुले एरिना टेलिभिजनकोकार्यलयमा सम्पर्क गर्नुपर्ने हुन्छ । Miss college national को यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गते बिराटनगरमा, १८ गते दमक र भाद्र २० गते इटहरीमा अडिसन हुने पनि आयोजकले जानकारी दिए छन । इभेन्ट म्यानेजमेन्ट र कि म्यानेजमेन्टको सहकार्यमा हुने यस कार्यक्रममा विजेता हुनेलाई गिटहृयाम्पर दिइने आयोजकले बताइएका छन ।























