काठमाडौं, भदौ । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिजका अवसरमा विभिन्न कलाकारहरुले गीत पस्किरहेका छन् । तीजका अवसरमा हजारौं गीत बजारमा आउँछन् तर मौलीक भाका र लय समातेका गीत मात्र चर्चित हुन्छन् । अरु गीत त्यसै भिडमा हराउँछन् । यसै तिजको अवसरमा कलाकारहरूले तिजका भाकाहरू बजारमा पठाइरहेका छन् । कतिपय गीत हिट भएका छन् भने कति गीत हाम्रो कान र आँखा सम्म पनि पुग्न सकेका छैनन् ।

मौलिकताले भरिपुर्ण तिज गित सिर्जना गर्न माहिर सर्जक हरि विष्टले भने वर्षेनी यस्ता चुनौती पार गर्छन । उनले यसपालि पनि सार्वजनिक गरकेो ‘माइतीको देश २’ बोलको तिज भाकाले बजार तताई रहेको छ । उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ ।

हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन् । मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया