एजेन्सी– भारतिय चर्चित टेलिसिरियल ‘साथ निभाना साथिया’मा भिलेनको भूमिकामा देखा पर्ने चर्चित नायिका हुन्– रूचा । सिरियलमा भिलेनको भूमिकामा देखिने रुचा वास्तविक जीवनमा भने उनी निकै कोमल हृदयकी छिन् ।

उनको अभिनयलाई अत्याधिक रुचाइन्छ । रुचाले सिरियलबाट नै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनी सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गर्छिन् ।

हालै पनि उनले आफ्नो विवाहका तस्विरहरु शेयर गरेकी छिन् । रुचा बेहुलि बन्दा निकै ब्युटीफूल देखिएकी थिइन् । रुचाले आफ्ना बाल्यकालका साथी राहुलसंग विवाह गरेकी हुन् । उनको विवाह महाराष्‍ट्र कल्‍चरअनुसार सम्‍पन्‍न भएको थियो । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन्–

 

 

तपाईको प्रतिक्रिया