बिहीबार सुनको मूल्य बढेकाे छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बिहिबार बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया