आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन प्रति तोलामा एक हजारले बढेर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया