चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।

‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’

डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।

‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।

झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो । नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । उनीहरुका सन्तान भएका छैनन् ।

स्मारिका टिकटकमा हिट बनेकी विवाहपछि हो । कलेज पढाउने श्रीमान र परिवारले आफूलाई टिकटकमा सँधै सपोर्ट गर्ने गरेको स्मारिकले विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

स्मारिका र समारिकाको जुम्ल्याहा जोडी नेपालमा अत्यधिक रुचाइएको टिकटक सेलिब्रिटीमा पर्छ । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।

नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीकोे फ्यान फलोइङ लोभलाग्दो छ । स्मारिका ढकालको टिकटक अकाउन्टमा करिब साढे ६ लाख फलोअर्स छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् । ‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा कमाएका थिए । समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्राइबर्स छन् ।

तपाईको प्रतिक्रिया