काठमाडौैं ।  चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा नेपाली चलचित्र क्षेत्रका नायिकाहरु सडकमा उत्रिएका छन् । ११ दिनदेखि प्रहरीको न्यायिक हिरासतमा रहेका उनी आइतबार रिहा हुने चर्चा चलिरहेका नेपाली चलचित्र क्षेत्रमा आफूलाई अब्बल सावित गरेका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरे सुन्तलीलगायतका कलाकारहरु चितवनको सडकमा पुगेर रविको पक्षमा आवाज उठाएका छन् ।

सडकमै सांगीतिक कार्यक्रम गर्नुअघि उनीहरुले रविलाई भेटेका थिए । रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए ।

गएको साउन २० गते भएको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि भन्दै प्रहरीले गएको साउन ३० गते काठमाडौंबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया