सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया