नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँ घटेको चाँदी आज १ हजार १९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया