नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आइतबार ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार हुने भएको महासघंले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया