माेरङकाे सुन्दरहरैँचानगरलाई केन्द्र मानी सांस्कृतिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलो पटक गर्ने भनिएकाे सिङ्गिङ आइडलकाे वारेमा अन्तरक्रिया तथा टिसट अनावरणकाे कार्यक्रम गरेको छ ।

आइडल कार्यक्रमलाई नितान्त सामाजिक हितको नीतिले र व्यवसायिकताबाट टाढा राखी सञ्चालन गर्ने आयाेजक संस्थाकाे ध्येय रहकाे काेसीहरैचा उवासकाे हलमा अायाेजकले अन्तर्किया तथा टिसट अनावरणकाे कार्यक्रम आयाेजना गरि जानकारी गराएकाे छ । नगरभरि गायनकलामा उभार ल्याएर गायन क्षमता भएका स्थानीय प्रतिभाहरुलाई सम्मान जनक मञ्च प्रदान गरि क्षमता भई आर्थिक लगायतका कठिनाइका कारण बाहिर आउन नसकेका प्रतिभाहरुलाई सार्वजनिक गर्न सघाउ पुयाउने उदेश्यले कार्यक्रमकाे आयाेजना गर्न लागिएको आयाेजक समितिका अध्यक्ष अान्नद बस्नेतले जानकारी दिए । उनले सुन्दरहरैंचा नगरलाई साँच्चै सुन्दर बनाउन कलाकारको खोजी गरी प्रशिक्षण दिलाई कलाप्रेमी पुस्ता तयार गरेर कलाप्रेमी नगर निर्माणमा योगदान पुयाउनका लागि आइडल गर्ने लागिएकाे समेत बताए । छनाेट चरण यहि भाद्र १३ गते शुक्रबार जु्ुपिटर बोर्डिङ स्कुल, गछिया तथा भाद्र १४ गते शनिबार सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानेमा हुने आयाेजकले बताएकाे छ । फारम निःशुल्क तर कार्यक्रममा सहभागिताका लागि सुन्दरहरैचाको स्थायी बासिन्दा हुनुपर्ने साथै उमेरको हदबन्दी नहुने गरि सेमिफाइनल भाद्र २१ गते शनिवार हुने आयाेजककाे भनाइ छ । निर्णायकको रुपमा स्थानीय र बाह्य संगीतकर्मीको सहयोग समेत लिइने भएकोले फाइनल सेमिफाइनलबाट उत्कृष्ट १० छनौट गरी उनीहरुलाई दुई हप्ता पूर्ण प्रशिक्षण गराई अागामी असोज ११ गते फाइनल कार्यक्रम गरिने सुन्दरहरैचा अाइडलका प्रविधिक सहयाेगि जे वि थुलुङले जानकारी दिए । जेसिज भवनमा आधुनिक साउन्ड र लाइट सिस्टमका साथ लाइभ वाद्यवादनमा गायन प्रतिस्पर्धा गराई ट्रफी र प्रमाणपत्र सहित विजेतालाई क्रमशः रु. २५ हजार सह विजेतलाई रु . १५ हजार र उपविजेतालाई रु. १० हजार पुरस्कार वितरण गरिने आयाेजककाे भनाइ छ । अन्तक्रिया तथा टिसट अनावरणकाे कार्यक्रममा नगरका विभिन्न वडाका वडाध्यक्ष लगायत सराेकारवालाहरुले सफल रुपमा सिङ्गिङ आइडल के कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा सुझाव सल्लाह दिएका थिए ।

तपाईको प्रतिक्रिया