नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईको प्रतिक्रिया