मोरङ । मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको नाममा रहेको जग्गा ब्यत्तिलाई बेच्नेहरुलाई कारबाही हुनेमा स्थानीयले आशंका ब्यक्त गर्न थालेका छन । साहाराको जग्गा बिक्री गर्ने कार्यमा संलग्न भनिएका पुर्ब साँसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव बराल लगायतका ब्यत्तिहरुलाई नेकपाकै नेतृत्वमा बनेको समितिले कारबाही गर्नेमा स्थानीय बासिन्दा लगायतले आशंका गरेका छन । सो घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै नेकपा बेलबारीका सचिब रबिन थापाको संयाजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । मंगलबार गठन भएको समितिले ५ दिनभित्रमा सत्यतथ्य छानबिन गरी सार्बजनिक गर्ने म्याद पाएपनि सत्यतथ्य सार्बजनिक हुनेमा धेरैले बिश्वास गरेका छैनन ।

केही राजनीतिक दल लगायत स्थानीयले सर्बदलिय र सर्बपक्षिय छानबिन समिति गठनको माग समेत गरिरहेका छन । बिक्री काण्डमा मुछिएका र छानबिन समितिमा रहेका ब्यत्तिहरु एउटै दलका भएका कारण पनि सत्यतथ्य हुनेमा धेरैले आशंका गरेका हुन । समाजवादी पार्टी र नेपाली काँग्रेस लगायतका राजनीतिक दलले बिज्ञप्ती जारी गरी जग्गा फिर्ता गर्नुपर्ने,दोषीलाई कारबाही हुनुपर्ने र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीका सल्लाहकार समेत रहेका पुर्ब सांसद तामाङलाई पदबाट हटाईनुपर्ने माग समेत गरेको छ ।

यस बिषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको र बिभिन्न निकायहरुमा बुझने काम भईरहेको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले बताईन । उनले कार्यपालिकाको बैठक बसी चाँडै नगरपालिकाको धारणा सार्बजनिक गर्ने र संलग्न जो भएपनि उन्मुत्ति नपाउने बताईन । जग्गा बिक्री भएको थाह पाएपछि सोमबार नेकपा बेलबारी वडा नम्बर २ ले साहारा बालग्राम परिसरमै पत्रकार सम्मेलन आयोजना गरी बिक्री भएका जग्गा फिर्ता गरिनुका साथै बिक्रीमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्यो । बुधबार बिहान समेत नेकपा बेलबारी २ र स्थानीय बासिन्दाले नाराबाजी सहित कोणसभा नै गरेर बिरोध जनाएका छन

बालग्रामको नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा ब्यत्तिको नाममा गईसकेको छ । नेकपा एमालेको पुर्ब साँसद तामाङ,बेलबारी गाबिसका पुर्ब अध्यक्ष बराल लगायत केही स्थानीय नेताको मिलेमोतोमा सो जग्गा ईटहरीका ब्यबसायी डम्बरबहादुर तामाङको नाममा गईसकेको छ ।बि.स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्नेउद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अहिले अस्तित्व नै मेटिएको छ ।

साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले ३० परिवार बस्दै आएका छन् । केही दिन अघिमात्रै सहाराका अध्यक्ष बराल,पुर्वअध्यक्ष तामाङ लगायत नेकपाका अन्य केही नेताहरुले सहारामा आश्रित सबै परिवारका सदस्यलाई बोलाएर छलफल गराएका थिए । सो क्रममा उनीहरुले सहाराका घरहरु छाड्नुपर्छ भनेको भन्दै उनीहरु त्रसित बनेका छन् । २०५६ सालदेखि बस्दै आएका ति परिवार अहिले विभिन्न वहानामा आफूहरुलाई विस्थापित गर्न लागेको भन्दै आक्रोसित समेत बनेका छन् ।

मालपोत कार्यलय बेलबारीको रेकर्डमा भएको साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा तामाङको नाममा गएको देखियो । सहाराको नाममा रहेको जग्गा अदालती प्रकृया पुरा गर्दैै व्यक्तिको नाममा गएको देखिएको छ ।

मालपोतमा भएको अभिलेखमा ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेज को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार (उल्लेखित कित्ता नम्बरका जग्गाहरु) ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा आएको छ ।’ हाल साहारा परिवारको नाममा साविक हरैँचा ५ख हाल बेलबारी २ को कित्ता नम्बर १०९४ को १० धुर र कित्तानम्बर १०९६ को ७ धुर जग्गा मात्रै रहेको लेखिएको छ ।

तपाईको प्रतिक्रिया