इटहरी । सामान्य मर्मत सम्भार गर्न समेत आलटाल गर्ने इटहरीले रास्ट्रीय राजमार्गमा गुड्ने विभिन्न साधनहरुलाई पार्किङ्ग शुल्क लिने गरेको छ । गुडीरहेको सफारीमा पनि ठेकेदारहरुले कर उठाएको भन्दै इटहरीका सिटिसफारी व्यवसायीहरुले उपमहानगर घेराउ गरेका छन ।

पार्किङ तथा सरसफाई शुल्क भन्दै दैनिक २० देखि ३० रुपैया सम्म उठाएको भन्दै सफारी चालकहरु आन्दोलित भएका हुन् । सार्वजनिक बस पार्क बाहेक उपमहानगरको पार्किङ्ग एरिया छैन । पुर्वपस्चिम र कोशी राजमार्ग आसपास राखिएका सवारीसाधन संग पार्किङ्ग शुल्क उठाउने गरि नगरपालिकाले कर संकलन गर्न थालेको हो । सार्वजनिक बस पार्क बाहेक उपमहानगरको पार्किङ एरिया छैन । पूर्वपश्चिम र कोसी राजमार्ग आसपास राखिएका सवारीसाधन सँग पार्किङ शुल्क उठाउने गरी नगरपालिकाले कर सङ्कलन गर्न थालेको हो ।

उपमहानगरले २०७६/७७ को लागि बनाएको आर्थिक ऐनमा भने रास्ट्रीय राजमार्गमा पार्किंग शुल्क उठाउन नपाउने व्यवस्था गरेको छ । ऐनको दफा ११ मा पार्किङ्ग शुल्क भनेर राजमार्ग र सहायक राजमार्गमा शुल्क उठाउन नपाउने व्यवस्था गरेपनि ठेकेदारहरुले भने उठाउने गरेको छन् । पार्किङ्ग शुल्क उठाउने ठेक्काको जिम्मा पाथीभरा कन्सट्रक्सनले पाएको छ । ठेक्का बनाएको कम्पनीले बिलनै बनाएर पैसा उठाउन पनि सुरु गरीसकेको छ ।

तपाईको प्रतिक्रिया