उनले थिएटरमा डेब्यू गर्नेछिन् ।हालै मात्र यस बारेमा उनका बुवा आमिर खानले पनि एउटा अन्तर्वार्ताका क्रममा यो कुराको संकेत गरेका थिए । इरा खानका झुकाव निर्देशनतर्फ बढि छ । उनले आफ्नो सामाजिक सञ्जालमा पनि नाटकको रिहर्सलका केही झलकहरु शेयर गरेकी छिन् । अहिले आएर फिल्म समीक्षक तरण आदर्शले पनि यो कुराको पुष्टि गर्दै इरा खान चाँडै नै आफ्नो नाटकको निर्देशन गर्न गइरहेको उल्लेख गरेका छन् ।

अभिनेत्री इलियाना डि क्रुजको ‘ब्रेकअप’

बलिउड अभिनेत्री इलियाना डि क्रुजको ‘ब्रेकअप’ भएको छ।केहि समय पहिला उनले आफ्नो अस्ट्रेलियन फोटोग्राफर व्वाईफ्रेण्डसँग गुपचुप विवाह गरेको खबर सार्वजनिक भएको थियो।यस्तोमा उनको ब्रेकअप भएको खबर सार्वजनिक भएको हो। केहि समय अगाडी गर्भवती रहेको खबरको खण्डन गरेकी इलियानाले ब्रेकअपको नयाँ खबरबारेमा भने कुनै औपचारिक प्रतिक्रिया जनाएकी छैनन्।

खबरका अनुसार इलियाना र उनको व्वाइफ्रेण्डकाबीच ठूलै झगडा परेको छ। यसमा दुबै जना सम्झौता गर्ने मनस्थितिमा नरहेको बताइन्छ। उनीहरूको के कारणले झगडा पर्‍यो भन्ने बारेमा केहि खुल्न सकेको छैन्।खबरका अनुसार दुबैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्। यस्तै उनीहरूले आफ्नो वालमा एकसाथ रहेको फोटो पनि हटाएका छन्। यी कुराहरूले इलियानाको दिल टुटेको कुरालाई बल पुगेको छ।

तपाईको प्रतिक्रिया