मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ खाप टोल निवासी उपेन्द्र ऋषिदेवका ६ वर्षीय छोरा मनिष ऋषिदेवलाई   मेनिन्जाइटिस रोग अर्थात् सेतो लामखुट्टेको टोकाईबाट लाग्ने रोगका कारण यति बेला विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् ।  परिवारको आर्थिक अवस्था कमजोर भएको कारण  घर मै लडिरहेका बालकलाई   सृजनशील युवा समाज तथा बुढीगंगा यूथ क्लबले २०७६ /४ /२८ गते बालकलाईअस्पतालमा भर्ना गराई   मनिष ऋषिदेव बचाउँ अभियान शुरु गरी रकम संकलन गरिरहेका छन्
आर्थिक अवस्था कमजोर  बालकलाई बचाउनको लागि यो अभियान सुरु गरेको सृजनशील युवा समाजका अध्यक्ष सागर थापाले बताए । सहयोगि मन मुटुहरुले  गरेको सानो सहयोगले बालकको ज्यान बच्न सक्छ, त्यसैले सम्पूर्ण महानुभावहरुलाई सह्दय तथा मन मुटुबाट नै आर्थिक सहयोग गरी मेनिन्जाइटिस रोगबाट ग्रसित बालकलाई बचाउनको लागि हार्दिक अनुरोध गर्दछौ । सम्पूर्ण सहयोगि मन मुटुहरुले  बालकलाई मद्दत गर्न   मोबाइल नम्बर ९८१८८५४७१६, ९८१९०१६७३७ तथा ९८०४०७४९२३ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेअध्यक्षले बताए ।

 

तपाईको प्रतिक्रिया